मुख्य समाचार

बारामा सिमेन्ट बोकेको ट्रकमा आगलागी, १८ लाखको क्षति

bara truck aaglagi

२१ वैशाख, वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका– ४ स्थित तामागढी कोल्हबी सडकखण्डमा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ ।

हेटौडाबाट सिम्रौनगढ तर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना.४ ख. ९५९८ नम्बरको ट्रकमा आगलागी भएको हो । आगलागीबाट करिब २ लाख ५६ हजार मूल्यको सिमेन्ट ४ सय २० बोरा र १५ लाख ४४ हजार रुपैयाँको ट्रकमा क्षति पुगेको छ ।

बिहान करिब ९ः१० बजे ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ट्रकको पछाडिको चक्का पड्किएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस