मुख्य समाचार

विशेष अधिवेशनका लागि भोलि र पर्सी सबै सांसदहरुको पीसीआर परीक्षण गरिने

sher bahadur corona test

२१ वैशाख, काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुको कोभिड १९ पीसीआर परीक्षण गराउने भएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा वैशाख २७ का लागि आह्वान गरिएको विशेष अधिवेशनमा उपस्थित हुने सांसद, कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मीको वैशाख २२ र २३ गते संसद भवनमा पीसीआर परीक्षण गरिने सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाद्वारा मंगलवार जारी सूचनामा उल्लेख छ ।

२२ गते सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्य, संसद सचिवालयका महासचिव, सचिवलगायत सम्पूर्ण कर्मचारीहरुको परीक्षण गरिने तय गरिएको छ। त्यसैगरी २३ गते संसद भवनका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव, सुरक्षाकर्मी र छुटपुछ भएका सम्बन्धित सबैले परीक्षण गराउन सूचनामा भनिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस