
२१ वैशाख, काठमाडौं । थुप्रै खेलाडीलाई कोरोना संक्रमण भएपछि आइपीएल क्रिकेटको हालको सत्र अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले एक बयानमा आइपीएल र बीसीसीआईका अधिकारीले एक आपतकालीन बैठक गरेर आइपीएलको हालको सत्रलाई तत्कालका लागि स्थागित गर्ने निर्णय लिएको जानकारी दिएको छ ।
IPL suspended for this season: Vice-President BCCI Rajeev Shukla to ANI#COVID19 pic.twitter.com/K6VBK0W0WA
— ANI (@ANI) May 4, 2021
आइपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बबलभित्र कोरोना संक्रमणका थुप्रै मामिला आएपछि लीगलाई अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
बीसीसीआईका पूर्व उपाध्यक्ष राजिव शुक्लाले पनि समाचार एजेन्सी एएनआईसँग आइपीएलको हालको सत्र स्थगित गर्ने पुष्टि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस