मुख्य समाचार

कपिलवस्तुमा आजदेखि निषेधाज्ञा

Kapilbastu CDO Office

२१ वैशाख, कपिलवस्तु । कोरोना संक्रमण बढेपछि कपिलवस्तुमा निषेधाज्ञा लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मंगलबारदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लागु गरेको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मंगलबार बिहानदेखि लागु हुने गरी वैशाख ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाका सवारी साधनबाहेक अरु सार्वजनिक तथा निजी सवारी साधनको आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस