समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा २९ गते सम्म थपियो

kathmandu check point

२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको थियो । त्यसको पूर्वसन्ध्यामा बैठक बसेर निषेधाज्ञाको समय लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ । निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूको हकमा सूचना विभागको कार्डको अनिवार्य गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस