समाचार

बाँकेमा थप चार सङ्क्रमितको मृत्यु, १४१ पुग्यो मृतक संख्या

covid 19 dead

२१ वैशाख, बाँके । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुषको गए राति ११ः ४० र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको ११ः ५० बजे १० मिनेटको अन्तरमा मृत्यु भएको हो ।

यसैगरी धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुषको आज बिहान ४ः३० बजे र बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिलाको बिहान ६ः ३० बजे मृत्यु भएको हो । योसँगै भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बाँकेमा १४१ पुगेको । बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर यहाँ मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस