मुख्य समाचार

कोरोना उपचारका लागि लमहीमा २५ शैय्याको अस्पताल

covid 19 bedrom

२१ वैशाख, दाङ । लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ शैय्याको एचडीयू अस्पताल सञ्चालनमा आएको छ । देउखुरीमा चार स्थानीय पालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको र सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालले जनाएको छ ।

कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको छ, अस्पतालका प्रमुख डा.पुष्प भुसालले भने, “अक्सिजनसहितको अस्पताल तयार भएको हो । यसले कोरोनाका बिरामीको उपचारमा केही सजिलो हुने छ ।” अक्सिजन दिएर उपचार गर्नुपर्ने सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए । पहिलो चरणमा १२ शैय्या तयारी अवस्थामा रहेको र छिटै शैय्या थपेर २५ पुर्याउने उनको भनाइ छ ।

दाङका सबै पालिकाले कोरोनाका बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएका छन् । देउखुरीमा चार पालिका मिलेर बनाइएको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा आएको छ । जिल्लाका दुई उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको आइसोलेशन सेन्टर तयार पारेको छ भने घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने शैय्या तयार गर्न शुरु गरेको नगर प्रमुख नरुलाल चौधरीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *