कर्णाली प्रदेश

सुर्खेतमा बैशाख ३१ सम्म थपियो निषेधाज्ञा

surkhet lockdown

२१ वैशाख, सुर्खेत । सुर्खेतमा वैशाख १४ गतेबाट जारी निषेधाज्ञा बैशाख ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर कम हुने सम्भावना नदेखिएकोले वैशाख ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनले भने, ‘अनुगमनका कडाइ गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारबाही गरिने छ ।’

बैशाख २१ गते राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्म लकडाउन थपिएको उनले बताए । साथै उनले लकडाउन उलंघन गरे एक महिना कैद वा एकसय जरिवाना दुबै सजाय हुने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस