मुख्य समाचार

फार्मेसीमा छापा: महँगो दरमा बच्न राखेको १३ कार्टुन सर्जिकल पञ्जा बरामद

kantipur phar

२१ वैशाख, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल परिसरको फार्मेसीमा छापा मारेर प्रहरीले महँगो दरमा बच्न राखेको सर्जिकल पञ्जा बरामद गरेको छ ।

महँगो दरमा बेचेको सुराकको आधारमा कान्तिपुर अस्पतालको फार्मेसीमा छापा मारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए । महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले सो फार्मेसीबाट १३ काटुर्न पञ्जा बरामद गरेको छ ।

प्रति कार्टुन ३ सय पर्ने सर्जिकल पञ्जा सो फार्मेसीले ११ सयमा बेच्ने गरेको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस