
२१ वैशाख, बारा । बाराको निजगढ नगरपालिका–७ बाट प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ घर भएका ३५ वर्षीय हितलाल हजारा रहेका छन् । उनले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मंगलबार बिहान पक्राउ गरिएको हो ।
‘विवाह गर्छु’ भनेर फकाएर हितलालले किशोरीलाई शुक्रवार निजगढ–७ स्थित केराबारीमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस