
२१ वैशाख, जनकपुरधाम । जनकपुरधाममा एक पुरुषको शव बोरामा बाँधिएको अवस्थामा फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बिन्धीको सडक छेउमै रहेको आँप बगैँचामा मंगलबार बोरामा बाँधिएको अवस्थामा बेवारिसे शव फेला परेको हो । अन्दाजी ५५ वर्षीय पुरुषको शव सो शवको पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।
बोरामा शव देखेपछि स्थानीयले खबर गर्दा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार मृतक पुरुषको घाँटीमा निलडाम देखिएको छ । ‘उनले आत्महत्या गरेका हुन् कि कसैले हत्या गरेको हो भन्ने विषयमा पोष्टमार्टको रिपोर्ट आएपछि खुल्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस