मुख्य समाचार

देवरसँग मिलेर पतिको हत्या गर्ने पत्नीसहित ४ जना पक्राउ

arrest

२१ वैशाख, जनकपुर । धनुषामा देवरसँग मिलेर पतिको हत्या गरेर फरार भएकी पत्नीसहित ४ जना पक्राउ परेका छन् । हंसपुर नगरपालिका–६ स्थित टिल्हीका २५ वर्षीय शम्भु मण्डलको गत शुक्रबार राति घाँटीमा छुरा हानेर हत्या गरिएको थियो ।

हत्यापछि फरार भएकी उनकी २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल, मृतकका भाइ अनिल मण्डल र उनीहरुका २ जना सहयोगीलाई उदयपुरबाट पक्राउ गरिएको धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

सिरहाको अर्नामा गाउँपालिकाबाट २ जनाले देवर र भाउजूलाई घरबाट भगाउन सहयोग गरेको कारण पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाटले बताए । सिरहा अर्नामा गाउँपालिका–३ बस्ने तेजनारायण महरा र सोही ठाउँका विनोद कुमार महतोले हत्यापछि उनीहरुलाई भगाउन सहयोग गरेको धनुषा प्रहरीको भनाइ छ ।

गत शुक्रबार राती सुशीलाले देवर अनीलसँग मिलेर पतीको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । देवरसँग भाउजुको अनैतिक सम्बन्धका कारण विवाद हुँदा श्रीमती र भाइले मिलेर शम्भुको हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस