कर्णाली प्रदेश

कर्णालीमा थपिए २७० संक्रमित, ४ जनाको मृत्यु

covid 19

२१ वैशाख, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १८६ जना र र्‍यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु सुर्खेतका १५६ जना, दैलेखका ५८, जुम्लामा १०, सल्यानमा ७, रुकुम पश्चिममा १३ र कालिकोटमा २६ जना रहेका छन् । हालसम्म आरटी पिसिआर र एन्टिजेन विधिबाट कुल संक्रमितको संख्या १० हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमितमध्ये ७ हजार ६९० जना उपचारपछि निको भएका छन् ।

यस्तै  २४ घण्टामा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–५ की ६२ वर्षीय महिलाको रुकुमपश्चिम अस्पतालमा उपचारका क्रममा, सुर्खेत भेरीगंगा नगरपालिकाकी ५० वर्षीय महिलाको प्रदेश अस्पतालमा उपचारका क्रममा, सल्यान सिद्दकुमाख गाउँपालिका–३ का ३४ वर्षीय पुरुषको प्रदेश अस्पतालमा उपचारका क्रममा र सल्यान बागचौर नगरपालिका–६ का ७० वर्षीय पुरुषको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयका निमित्त प्रमुख डा.रविन खड्काले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस