प्रदेश २

प्रदेश २ मा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

२१ वैशाख, जनकपुर । प्रदेश २ मा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ९५ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, सिरहा पिसिआर ल्याब र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ९६ महिला सहित ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मंगलबार पर्सामा ८७, धनुषामा ८०, महोत्तरीमा ४१, सप्तरीमा ४०, सिरहामा ३८, बारामा २४, रौतहटमा ४, सर्लाहीमा ३ र अन्य प्रदेशका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ६० पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस