मुख्य समाचार

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित फेला

covid 19 india

२२ वैशाख, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ बिरामीभन्दा ९ गुणा बढी हो । यहाँ पछिल्लो २४ घण्टामा ४२,३५४ संक्रमितको पहिचान भयो ।

यता कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको ज्यान गयो । यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो । यस्तै, पछिल्लो २४ घण्टामा ३.३७ लाख व्यक्ति कोरोनाद्वारा मुक्त पनि भएका छन् । यो पनि एक रेकर्ड हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस