समाचार

गुल्मीमा थप एक संक्रमितको मृत्यु

covid19 Death body

२२ वैशाख, गुल्मी । गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–७ जुनियाका ६९ वर्षीय पुरुषको गएराति मृत्यु भएको स्वास्थ कार्यालय (कोभिड–१९) गुल्मीका फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार उनको बैशाख २० गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । हिजो राति जोहाङ्ग्को आइसोलेसनमा उपचार गर्न ल्याउने क्रममा बाटैमा मृत्यु भएको सत्यवती गाउँपालिका उपाध्यक्ष सुवर्ण शाही शेरचनले बताइन् ।

योसहित सो गाउँपालिकामा कोरोना संक्रमणबाट दुई जना पुरुषको ज्यान गएको छ । जिल्लाभर दोश्रो लहरमा १२ जनाको र यस अघि १३ सहित २५ जनाको मृत्यु भएको कार्कीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस