समाचार

पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

covid 19 dead

२२ वैशाख, पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ११ का ५० वर्षीय पुरुष रहेका छन् । उनमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो भने उनको हिजो मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

उनको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । यस्तै पर्वत जिल्ला जलजला गाउँपालिकाका ७ का ७४ वर्षीय पुरुषको पनि हिजो उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

उनमा हिजोमात्रै कोरोना संक्रमित पुष्टि भएको थियो । उनीसँगै गण्डकीमा मृत्यु हुनेको कुल संख्या २३७ पुगेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस