मुख्य समाचार

मकवानपुरमा निजी अस्पताललाई कोभिड अस्पताल बनाइने

makwanpur ji pa kaa

२२ वैशाख, मकवानपुर । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) मकवानपुरले हेटौंडा उपमहानगरपालिका– ११ स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको डिसी सीएमसीको बैठकले उक्त अस्पतालमा आइसियू सहितको २५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले कोरोना संक्रमित विरामीहरुको उपचारमा खटिरहेको जिल्लाको एक मात्र अस्पताल हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन तत्काल हेटौंडा उपमहानगरपालिकालाई स्वास्थ्यकर्मीहरु नियुक्त गरी काजमा खटाउने निर्णय गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस