
२२ वैशाख, काठमाडौं । हास्यश्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक आचार्यलाई कोरोना पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
निर्देशक समेत रहेका आचार्यले फेसबुकमा लेखेका छन्, ‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किए लगतै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो। क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ । गत बुधबार सक्किगोनिको सुटिङ्ग बाट फर्किय लगत्तै हल्का ज्वोरो आउने र जिउ दुख्ने समस्या देखियो, क्रमशः यो समस्या बढ्दै गय पछि कोभिड टेस्ट गर्दा रिजल्ट पोजिटिभ आयको छ ! ! म होम आइसोलेसन मा मेरि श्रीमति को उच्च रेखदेख र केयर मा छु, मनोवल उच्च छ ! आशा छ म चांडै कोभिड सङ्ग को लडाइ मा विजयी हुनेछु ! ! केहि दिन यता म सङ्ग प्रतक्ष सम्पर्क मा रहनु भयका ब्यक्ति हरुलाइ कोभिड टेस्ट गराइ सुरक्षित रहनुहुन अनुरोध गर्दछु ! सोचे जति सामान्य हुदै हैन यो महामारी ! ! तर शबै मिलेर अबस्य पनि यशलाइ जित्ने छौ! मोबाइल को स्क्रीन पटक्कै हेर्न मन लाग्दैन! स्वास्थ्य अवस्था सामान्य हुना साथ तपाइँहरु सङ्ग जोडिने छु ! अन्त्यमा भन्नै पर्ने कुरा सरकार को मात्र भर न परौँ, तपाइँ हाम्रो जिन्दगी आफ्नै अधिन मा छ ! “जीवन बाचुन्जेल लाइ हो नी, सकिय पछि त सक्किगोनी ” ।
उनले हाल आफू होम आइसोलेसनमा रहेको र आफ्नो रेखदेख श्रीमतीले गरिरहेको बताएका छन् ।