मुख्य समाचार

नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड : ८६५९ जनामा संक्रमण पुष्टि, थप ५८ जनाको मृत्यु

jageshwor

२२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

नेपालमा हालसम्म ३ लाख ५९ हजार ६१० जनामा संक्रमण पुष्टि भइसकेको छ । काठमाडौं उपत्यकामात्र ३८२५ जना संक्रमित थपिएका छन् । यसमध्ये भक्तपुरमा ४५८, ललितपुरमा ५१८ र काठमाडौंमा २ हजार ८४९ जना संक्रमिण थपिएका हुन् । प्रदेश १ झापामा २६९ र मोरङमा २०६ जना संक्रमित थपिएका छन्  भने प्रदेश २ पर्सामा १५२ र धनुषामा १४९ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी, गण्डकी प्रदेश कास्कीमा २८४, लुम्बिनी प्रदेश बाँकेमा ५९१ र रुपन्देहीमा ६८० जना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सुर्खेतमा सर्वाधिक १५४ जना संक्रमित भेटिएका छन् भने सुदूरपश्चिम प्रदेश कैलालीमा १४५ र कञ्चनपुरमा १४० जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १९९३ जना निको भएका छन् । नेपालमा निको हुने नर ८०.६ प्रतिशत रहेको छ । यही अवधिमा थप ५८ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट ३ हजार ४७५ जनाले ज्यान गुमाइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस