मुख्य समाचार

देउवा भेट्न प्रधानमन्त्री ओली बूढानीलकण्ठमा

oli deuba

२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

नेकपा एमाले अध्यक्षसमेत रहेका ओली आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनीहरुबीच छलफल जारी छ ।

मंगलबार साँझ काँग्रेस देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । चार नेताहरु ओली इत्तर मोर्चाबन्दी निर्माणमा कसिएपछि बुधबार ओली भेटवार्ताका लागि देउवा निवासमै पुगेको बुझिएको छ । वैशाख २७ गते विश्वासको मत लिने निर्णयमा पुगेका ओली चार नेताको छलफलबाट झस्किएको पाइन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस