
२२ वैशाख, काठमाडौं । कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार आईसीयू वार्डमा सारिएको छ ।
कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको आईसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो ।
उनको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको पनि अस्पतालले बुधबार विज्ञप्तिर्फत जनाएको छ । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस