प्रदेश १

संक्रमितको उपचार र व्यवस्थापनमा खटिँदा मृत्यु भए प्रदेश सरकारले २५ लाख दिने

provence 1

२२ वैशाख, विराटनगर । प्रदेश नं १ सरकारले कोरोना संक्रमितको उपचार तथा संक्रमितको व्यवस्थापनमा खटिने कर्मचारीको निधन भएमा परिवारलाई २५ लाख रुपैयाँ क्षतिपुर्ती प्रदान गर्ने भएको छ । आज वैशाख २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

प्रदेश सरकारद्वारा खटाई कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ‌ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा निजको परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट एकमुष्ट पच्चिस लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।

यस्तै, बैठकले बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरू संक्रमित भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय समेत भएको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन् । साथै संक्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नसक्ने कर्मचारीको संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको राईले बताइन् ।

बैठकले कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरुको तलब स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय समेत गरेको छ भने त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी होटल क्वारेन्टिनमा बस्नुपर्ने भएमा तोकिए बमोजिमको क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस