मुख्य समाचार

संकटको बेला यात्रुसँग तेब्बर बढी भाडा लिने बसपार्कबाट समातिए

arrest buspark

२२ वैशाख, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने एक जनालाई गोंगबु बसपार्कबाट पक्राउ गरेको छ ।

काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारीलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले जानकारी दिए । पक्राउ पर्नेमा स्याङ्जा चापकोट–७ घर भएका ३० वर्षीय मिलन सारु छन् ।

बा.४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग उनले ३ हजार देखी ४ हजारसम्म भाडा लिएका थिए । काठमाडौंदेखि बागलुङको नियमित भाडा सरकारले ९ सय तोकेको छ ।

बससहित उनलाई कारवाहीका लागी महानगरीय प्रहरी वृत महाराजगञ्जमा पठाइएको एसएसपी भट्टराइले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस