कर्पोरेट

मध्य भोटेकोसी जलविद्युतको आईपीओ आवेदन ‘आईएमई पे’ बाट

ipo ime pay

२२ वैशाख, काठमाडौं । आईएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडबाट प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोसी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ ।

दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै बुधबारदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाइएको छ ।

आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक वासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने बताए । अन्यलाई आवेदन दिनको लागि अर्को व्यवस्था गरिने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस