
२३ वैशाख, काठमाडौं । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएका कारण केही दिन अगाडि मात्र अस्पतालबाट डिस्चार्ज भएका उनी अहिले फेरि अस्पताल भर्ना भएका हुन् ।
अक्सिजनको मात्रा कम देखिएको कारण श्रेष्ठलाई पुनः अस्पताल भर्ना गरिएको कलाकार हरिवंश आचार्यले बताए ।
गत ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका श्रेष्ठ केही अगाडि मात्र डिस्चार्ज भएका थिए । अहिले फेरि उनी सोही अस्पताल भर्ना भएका हुन् ।
प्रतिक्रिया दिनुहोस