
२३ वैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै बिहिबार सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजाबी सुन आज ९० हजार १०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार यता चाँदीको मूल्य भने गत बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै बिहिबार एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस