
२३ वैशाख, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुने बताइएको छ ।
उनका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ताबारे पनि प्रधामन्त्री समेत रहेका ओलीले व्रिफिङ गर्नेछन् । यस्तै बैठकले उपनिर्वाचनमा एमालेको तर्फबाट रामबहादुर थापा बादल नै उम्मेदवार हुने पनि बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस