मुख्य समाचार

कोरोनाबाट पूर्वमन्त्री पहाडीको मृत्यु

bheri hospital

२३ वैशाख, काठमाडौं । कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज बिहान १ः४० बजे मृत्यु भएको हो ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित उनी कोरोना सङ्क्रमित भएपछि होम आइसोलेशनमा रहेका बेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बनेका थिए । उनको आजै अन्त्येष्टि गरिने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस