बलिउड / हलिउड

कोरोना संक्रमणका कारण अभिनेत्री श्रीपदाको मृत्यु

sriprada

२३ वैशाख, मुम्बई । लिउड अभिनेत्री श्रीपदाको कोरोनाको कारण निधन भएको छ । उनका जनरल सेक्रेटरी अमित बहले श्रीपदाको निधन पुष्टि गरेका छन् । ‘कोरोना महामारीको दोस्रो लहर निकै घातक साबित भयो । यसले कयौं मानिसको ल्यान लिएको छ’ बहलले भनेका छन् फिल्म उद्योगका पनि कयौं मानिसको ज्यान गएको छ । यसमा श्रीपदा पनि सामेल भएकी छन् ।’

बहलले थपेका छन्, ‘श्रीपदाले दक्षिण भारतीय र हिन्दी फिल्महरुमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।  दुःखको कुरो हामीले एक राम्रो अभिनेत्री गुमाएका छौ । भगवानसँग प्राथना गर्दछु । उनको आत्मालाई शान्ति मिलोस् ।’

श्रीपदाको निधनमा दक्षिण भारतीय एक्टर रवि किशनले पनि दुःख ब्यक्त गरेका छन् । उनले रविको साथ ‘हम तो हो गए नि तोहार’ मा काम गरेकी थिइन् । श्रीपदा श्रीप्रदाका नामबाट परिचित रहेकी थिइन् । श्रीपदाले १९७८ मा अभिनय करियर सुरु गरेकी थिइन् । उनले शोले और तुफान, आग और चिन्गारी, मेरी ललकार, शैतानी, पुराना पुरुष, धर्म संकट, बेवफा सनम र आजमाइश जस्ता फिल्ममा काम गरेकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस