
२३ वैशाख, रौतहट । रौतहटमा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ । वीरगंज स्थित नारायणी उप क्षेत्रीय अस्पतालमा उपचारको क्रममा आज बिहान दुवैजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा फतुवा बिजयपुर नगरपालिका ८ का ७० बर्षीय पुरुष र दुर्गा भगवती गाउँपालिका ७ का ५० बर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
यो सँगै दोश्रो लहरमा रौतहटमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस