मुख्य समाचार

प्रतिनिधि सभाका ४ सांसदलाई कोरोना संक्रमण

Parliment pcr test

२३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आगामी वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको संसद सचिवालयले जानकारी दिएको छ ।

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् । सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

योसँगै प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, नेपाल सरकारका तीन मन्त्रीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस