मुख्य समाचार

बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

Prem Dhoj Pradhan

२३ वैशाख, काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । नशासम्बन्धी समस्याबाट ग्रसित प्रधानको न्यूरो अस्पतालमा निधन भएको हो । ८२ वर्षीय गायक प्रधान लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहेका थिए ।

पछिल्लो समय स्थिति जटिल बनेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । प्रधानका ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत गीत प्रसिद्ध छन् ।

सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए । उनको रेडियो नेपालमा  पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस