बागमती प्रदेश

एमाले वागमती प्रदेश सभाको मुख्य सचेतकमा निरौला

dipak niraula

२३ वैशाख, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री  डोरमणि पौडेलले प्रमुख सचेतकमा दीपक निरौलालाई नियुक्त गरेका छन् । नेकपा एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम मुख्यमन्त्री पौडेलले निरौलालाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले गत बैशाख १५ गते बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै तत्कालीन प्रमुख सचेतक केशबराज पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरे पश्चात रिक्त रहेको उक्त पदमा निरौलालाई गरिएको हो ।

निरौलालाई गत १७ गते प्रमुख सचेतकमा नियुक्त गरेको भएपनि बागमती प्रदेश सभा सचिवालयमा भने जानकारी गराइएको थिएन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *