रोचक

मोरक्कोमा एक महिलाले ९ शिशुलाई जन्म दिइन्, बन्यो विश्व रेकर्ड !

childbirth

२३ वैशाख । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् ।

कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ । जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन्

मालीका स्वास्थ्य मन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जनाएका छन् । पच्चीस वर्षीया आमा हालिमा सिस्सेले मङ्गलबार मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन् । मालीका स्वास्थ्य अधिकारीहरुले ती आमाको स्वास्थ्य स्थितिलाई विचार गरी माली पठाइएको जनाएका छन् ।

जन्मिएका शिशुहरूको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको क्लिनिकले जनाएको छ । तीस हप्ताको गर्भपछि यी शिशुहरू अपरिपक्व अवस्थामा जन्मिएका हुन् । धेरै रगत बगेर आमाको स्वास्थ्यमा जोखिम देखिन थालेपछि चिकित्सकहरुले फिजिसियन विधिबाट बच्चा निकालेका थिए । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कुनै पनि आमाले ८ जनासम्म जीवित सन्तान जन्माएको पाइएको छ ।

सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएकी थिइन् । –एपी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *