मुख्य समाचार

सिन्धुपाल्चोकमा निषेधाज्ञा जारी भएपछि तत्काललाई मध्य भोटेकोशीको आइपीओ स्थगित

ipo

२३ वैशाख, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आइपीओ तत्काललाई बन्द हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा आज (वैशाख २३ गते) देखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयवासीलाई आइपीओ भर्नका लागि हिडडुलमा समस्या हुने भएकाले तत्काललाई स्थगित गर्न लागिएको हो ।

अब कहिलेबाट बिक्री खुला गर्ने भन्ने बारेमा अर्को सूचना सार्वजनिक गरिने पनि बिक्री प्रबन्धकले जानकारी दिएको छ । मध्य भोटेकोशीले वैशाख २१ गतेबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले कुल ६० लाख कित्ता आइपिओमध्ये ३०% ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्टयाइएको छ । यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *