मुख्य समाचार

साताको अन्तिम कारोबार दिन नेप्सेमा १२.४७ अंकको गिरावट

share market nepal

२३ वैशाख, काठमाडौं । बिहीबारको सेयर बजार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ ।

यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । ३ वटा समूह बाहेक अरु समूहको सूचकाङ्कमा गिरावट  छ ।

२ वटा कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी र जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयरको भाउ १० प्रतिशतले बढेको छ ।  सात कम्पनीको सेयर भाउ ९% भन्दा माथि छ । आज एचआइडीसीएलको ४६ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एनसीसी बैंक र लक्ष्मी बैंकको पनि सबैभन्दा बढी सेयर कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस