
२३ वैशाख, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले भोलि (शुक्रबार) राती १२ बजेदेखि जेष्ठ १ गतेसम्मका लागि जिल्लाभर कायम रहने गरी निषेधाज्ञा जारी गरेको हो ।
यसअघि विराटनगर महानगरपालिका सहित केही पालिकामा निषेधाज्ञा जारी भएको थियो । प्रदेश १ को राजधानी विराटनगर कोरोना संक्रमणको दृष्टिकोणले ‘हटस्पट’ नै बनेको छ । सक्रिय संक्रमितको संख्या दुई हजार पुग्न लागेको छ ।
निषेधाज्ञामा औषधि उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्नेजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँड्डुल नगर्न भनिएको छ । अस्पताल, औषधालय, औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४ सै घण्टा खुला रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस