मुख्य समाचार

सेती प्रादेशिक अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु

seti pradeshik hospital

२३ वैशाख, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घन्टामा उपचार गराइरहेका  ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा ५८ जना संक्रमितको उपचार भइरहेको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार बिहीबार दिउँसोसम्म मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, धनगढीकै वडा नम्बर ६ की ५८ वर्षीया महिला, जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुष र बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया कोभिड संक्रमित महिला रहेका छन् ।

उपचाररत ५८ जनामध्ये ३ जनाको भेन्टिलेटरमा, आईसीयूका २० जना र अक्सिजनको सपोर्टमा २८ जना तथा अन्य ७ जना रहेको श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भएर ६ जना डिस्चार्ज भएका छन । १४ जना अस्पतालमा नयाँ संक्रमित भर्ना भएको श्रेष्ठले जानकारी दिएका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ६ सय ५० जनाको परीक्षण गर्दा ३ सय ६९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस