२३ वैशाख, काठमाडौं । बरिष्ठ गायक प्रेमध्वज प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । बिहीबार निधन भएका गायक प्रधानको कोभिड १९का कारण आर्यघाटमा न्युन व्यक्तिको उपस्थितिमा अन्तेष्टी गरिएको हो ।
गायक प्रधानको अन्त्येष्टिका लागि उनका आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, पारस मुकारूङलगायत पशुपति आर्यघाट पुगेका थिए ।
आर्यघाटमा प्रधानको पार्थिव शरीरमा सरकारको तर्फबाट शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय सम्मान अर्पण गरका थिए भने अन्य सहभागीले पुष्प गुच्छाले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
प्रतिक्रिया दिनुहोस