कर्णाली प्रदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सङ्क्रमितको उपचार नगरी फर्काइदियो : बिरामी जङ्गल छेउका टहरामा

karnali academy of health and science

२३ वैशाख, जुम्ला । जुम्लाको सिंजा गाउँपालिका २ का कोरोना सङ्क्रमित स्थानीयवासीलाई पालको बासमा राखिएको पाइएको छ । सङ्क्रमितलाई अस्पतालको आइसोलेसन श्यमा राख्नुपर्ने अवस्थामा बस्ने ठाउ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन् ।

सिंजा गाउपालिका २ का कोरोना सङ्क्रमित चन्द्रवीर तिरुवालाई अस्पातलले घर पठाइ दिएपछि अहिले उनी पालमा बसिरहेका छन् । घरमा छुट्टै बस्ने संरचना नभएपछि जंगलको छेउमा पाल बनाएर बसेका हुन् । तिरुवालाई उपचारार्थ सो गाउँपालिकाले नौ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारार्थ  पुर्याएको थियो ।

अस्पतालमा  कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि श्यया हुँदाहुँदै घर पठाइदिएको उनले आक्रोश पोखे । अस्पतालको श्यामा बसेर सजिलो होला भनेको त घर पठाइदिने निर्णय गरेपछि त्यहाँको नियम र व्यवहार प्रति आफु अपहेलित भएको उनले बताए । उनले भने, ‘प्रतिष्ठानका चिकित्सकले मलाई स्थानीय तहको आइसोलेशन श्ययामा राख्नुपर्ने भनेर फर्काइदिए  । म जस्ता व्यक्तिहरुलाई त यस्तो गर्छन, अरुलाई के गरे होलान् ।’ त्यहाँ पुगको राष्ट्रिय मानवअधिकार आयोग र पत्रकार महासङ्घको टोलीलाई गुनासो गर्दे उनले कोरोना सङ्क्रमितलाई आईशोलेसनमा बस्ने व्यवस्था गर्न पहल गरिदिन अनुरोध गरे ।

सिंजा–२ का वडाध्यक्ष नविन शर्माले भने, ‘हामीले कोरोनाको शंका मानेर  प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्न पठायौँ ।  बिरामी फिर्ता पठाइदिएपछि हामीलाई हैरान भयो । गाउँमा दौडादौड हुन्छ ।’ उनले आइशोलेसन हुने प्रकारका घर र संरचना नभएको बताए । गाउँपालिकामा  पाँच श्ययाको अस्थायी कोभिड अस्पताल रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले बताए । उनले भने, ‘सङ्क्रमित व्यक्ति राख्ने भन्ने सोच हो ।  पूर्वाधार छैन । अक्सिजन र अन्य सामाग्री अस्पतालमा नभएकाले समस्याले यो समस्या खडा भएको हो ।’

बिरामीलाई रगतमासी देखिएको भनेपछि औषधी पठाएको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. राजिव शाहका अनुसार प्रतिष्ठानले अव श्वासप्रश्वास बिना बाच्न नसक्ने बिरामीका लागि मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको जानकारी दिए । उनले भने, ‘लक्षण भएका तर कठिन नभएका बिरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दा हामी जोखिममा नहुने र कठिन परिस्थितिका विरामी अहिले भर्नादर बढिरहेकाले अस्पतालका श्यया अक्सिजन आवश्यक पर्ने कोरोना रोकथामका बिरामीलाई आवश्यक रहेको छ ।’

अहिले प्रतिष्ठानमा ६६ सङ्क्रमित मध्ये ११ जना अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार भइरहेको छ । सरकारले बनाएका आइसोलेसन खाली हुँदा पनि भिन्नै पाल बनाएर बसेको जानकारी आएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली सो स्थानमा पुगेर अनुगमन गरेको थियो  । आयोगको अनुगमन टोलीले सङ्क्रमित बसेको स्थानमा ३० मिटर टाढाबाट आवश्यक सुरक्षा मापदण्ड अपनाएर पालमा बसेका सङ्क्रमति तिरुवाको अवस्था अवलोकन गरेको हो ।

आयोग अधिकृत धनराज शाही र किरण बराम सहित पत्रकार महासंघको टोली पुगेर पालको बसाइ र अवस्थाका बिषयमा आफन्तसँग बुझेको छ । यसका साथै आयोगको अनुगमन टोलीले कोरोना रोकथामका लागि स्थानीय सरकारले गरेको तयारी, समस्या र चुनौतीका विषयमा सिजा क्षेत्रको हिमा, सिंजा गाउँपालिकाका जनप्रतिनिधिसँगै भेटघाट गरी अवस्था अवलोकन गरेको छ ।

अस्पताल र आइशोलेसन हुँदा पनि सङक्रमित मानिस पालमा बस्नु दुर्भाग्य भएको आयोगका सूचना अधिकारी किरण बरामले बताए । अधिकृत  शाहीले स्थानीय तहमा परीक्षणका लागि कीट अभाव भएको पाइएको बताए । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिंजा क्षेत्रमा सुरक्षा जनशक्ति कम भएको, डाक्टर आउन नमान्ने भएकाले समस्या भएको जानकारी दिए ।

गत वर्षकै जस्तो कोभिड रोकथामका लागि गाउँपालिका तयारी भएको  गाउँपालिकाले जनाएको छ । हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वडाध्यक्षलाई वडामा सूचना सम्पर्क व्यक्तिको रुपमा तोकिएको र कुन गाउँमा को आउँछन सो अनुसार तथ्याँक अद्यावधिक गर्ने व्यवस्था गरिएको जानकारी दिए । उनले स्वास्थ्य जनशक्ति परिचालन गरिएको र जाँचका लागि कीटको अभाव भइरहेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस