मुख्य समाचार

भारतमा कोरोनाको भयावह : पछिल्लो २४ घण्टामा भेटिए सर्वाधिक ४.१४ लाख संक्रमित

coronavirus in india

२४ वैशाख, काठमाडौं । भारतमा कोरोना महामारीको भयावहता दिन प्रतिदिन बढ्दो छ । पछिल्लो २४ घण्टामा यहाँ ४ लाख १४ हजार संक्रमित भेटिएका छन् । नयाँ संक्रमितको यो हालसम्मको सबैभन्दा धेरै आँकडा हो । यस्तै, एकैदिन यहाँ ३,९२० संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै ३.२८ लाख बिरामी निको पनि भएका छन् । पछिल्लो एक हप्तामा तेस्रोपटक चार लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । यसअघि ३० अप्रिलमा ४.०२ लाख र ५ मेमा ४.१२ लाख संक्रमित भेटिएका थिए ।

सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्याले पनि चिन्ता बढाइरहेको छ । यसमा पछिल्लो २४ घण्टामा ८१,६६३ को वृद्धि भएको छ । हाल ३६.४४ लाख संक्रमितको उपचार चलिरहेको छ । पछिल्लो सात दिन भित्रै नै यसमा ३.८० लाखको वृद्धि भएको छ । कूल सक्रिय संक्रमितमा २७ लाख १० राज्यमा भेटिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस