मुख्य समाचार

बुटवलमा जनप्रतिनिधिको अस्पतालको शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु

nabin thapa

२४ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको छ । नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।

‘तीन दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आउनुभएको थियो, हिजो समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू,भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै मृत्यु भयो, सोही वडाका युवा नेता बिकासजंग बस्नेतले एनएमबि न्यूजसँग भने ।

वडाध्यक्ष कमलप्रताप थापाले समयमै उपचार नपाएका कारण नविनको मृत्यु भएको बताए । यसअघि, पनि बुटवलमा एक जना वडा सचिवको यसै गरी ज्यान गएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस