२४ वैशाख, इलाम । इलाममा रूखबाट लडेर एक जना युवकको मृत्यु भएको छ ।
इलाम नगरपालिका वडा नम्बर ५ का एक युवाको घाँस काट्ने क्रममा: रूखबाट लडेर आज बिहान मृत्यु भएको हो । घाँस काट्नका लागि खन्युको रूख चढेका २८ वर्षीय मिलन अधिकारीको रूखबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस