मुख्य समाचार

व्यक्तिगत लेनदेन होइन, जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ : रामकुमारी झाँक्री

ramkumari

२४ वैशाख, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने उल्लेख गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रमको पूर्वसन्ध्यामा माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन दौडधूप गरिरहेका बेला नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले युद्धमा होमिएका क्रान्तिकारीहरुको निम्ति विजय र मृत्युको बराबर सम्भावना हुने पनि उल्लेख गरेकी छिन् ।

‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन । राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन । युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्युको बराबर सम्भावना हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस