खेलकुद समाचार

विराट कोहली र अनुष्काले कोभिड-१९ राहत कोषका लागि दिए २ करोड

virat kohli and anushka sharma

२४ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले भारतको कोभिड-१९ राहत कोषका लागि २ करोड भारू सहयोग गरेका छन् । अहिले भारतको अवस्था कठिन भएको बताउँदै राहत कोषका लागि सहयोग गरेको दुवैले भिडिओ पोस्ट गर्दै जनाएका छन् ।

‘भारतको लागि महामारीको लडाईंका लागि परिस्थिति धेरै गाह्रो भएको छ । यसले हाम्रो देशलाई पीडा भएको देख्दा हामी पनि पीडामा छौं,’  श्रीमान्-श्रीमतीले आफ्नो सोसल मिडिया पोष्ट गरेको एउटा भिडिओमा भनेका छन् ।

‘जो रातदिन हाम्रो लागि संघर्ष गर्दैछन्, तिनीहरूको समर्पणको प्रशंसा गर्छौं । अब उनीहरूलाई हाम्रो सहयोग चाहिएको छ र हामी उनीहरूको पक्षमा उभिनुपर्छ । हामीले केट्टोमा कोष जुटाउन सुरू गरेका छौं । हामी सबैलाई यस पहलमा सामेल हुन र अनुदान दिन आग्रह गर्दछौं ।’

https://twitter.com/imVkohli/status/1390532345753522180

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस