मुख्य समाचार

भयावह बन्दै कोरोना : २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

sab covid death

२४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पीसीआर गर्दा ९ हजार २३ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ ।

मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन् । कुल संक्रमित ३ लाख ७७ हजार ६०३ जना रहेको नेपालमा दुई लाख ९५ हजार ३९५ जना निको भएका छन् । मन्त्रालयका अनुसार अहिले ३८० जना क्वोन्टाइनमा रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन हजार ५७९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस