मुख्य समाचार

गौशाला र कोटेश्वरको काउन्टरबाट बढी भाडा असुल्ने ३ जना पक्राउ

thagi pakrau

२४ वैशाख, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशीक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई शुक्रबार गौशाला र कोटेश्वरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरदहका ४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने बर्ष ३४ को राम सुरेल पक्राउ गरेको हो । काठमाण्डौं देखि पुर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग प्रतियात्रु ३ हजार देखी ४५ सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश३–०१–००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सुरेललाई बृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको महाशाखाले जनाएको छ । यसअघि विहिवार पनि ट्राफिक प्रहरीले गोंगवु र कलंकीबाट ६ जनालाई पक्राउ गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस