
२४ वैशाख, सर्लाही । सर्लाहीमा शनिबार(भोली) मध्यरातदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ ।
शनिबार राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको जोखिम बढ्दै गएकोले जिल्लाभर निषेधाज्ञा लगाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।
शुक्रबार जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र सर्लाहीको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को उपदफा (३) र संक्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको प्रजिअ तामाङले बताए ।
प्रतिक्रिया दिनुहोस