मुख्य समाचार

कामी रीताको नयाँ कीर्तिमान, सगरमाथाको २५ औं पटक आरोहण

kamirita sherpa

२४ वैशाख, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथा शिखरको सफल आरोहण गरेका छन् । उनले २५ औँ पटक सगरमाथा शिखरमा पुगेर आफ्नै कीर्तिमानी भंग गरेका छन् ।

‘रोप फिक्सिङ टिम’को नेताका रुपमा अन्य ११ जना शेपासँगै उनले सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

शुक्रबार कामी रीतासँगै सफल आराहेण गर्ने अन्य व्यक्तिहरुमा तेन्जिङ शेर्पा, मिङ्मा तेन्जी शेर्पा, मिङ्मा दोर्ची शेर्पा, फुर्तेन्जी शेपार्न, लाक्पा नोर्बु शेर्पा, ग्मिा टासी शेर्पा, फुरा छिरिङ शेर्पा, फुर्बा छोटार शेर्पा, छेतेन दोजी शेर्पा, तेन्जिङ ग्याल्जिन शेर्पा र फुर्वा कुसाङ शेर्पा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस